बागमती कांग्रेस संसदीय दलले देउवालाई बुझायो ५ बुँदे अनुरोधपत्र
फरकधार / ६ साउन, २०७८

सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवालाई बागमती प्रदेश कांग्रेस संसदीय दलले ५ बुँदे अनुरोधपत्र बुझाएको छ । प्रदेशका लागि केन्द्र सरकारले गर्नुपर्ने काम र प्रदेशमा आवश्यक काम अनुरोधपत्रमा राखिएको छ । 

कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ सहितको टोलीले आज प्रधानमन्त्री देउवालाई भेटेर अनुरोधपत्र बुझाएको हो । 

पत्रमा भनिएको छ, ‘इतिहासदेखि वर्तमानसम्म देशको हरेक विषम परिस्थितिमा नेपाली कांग्रेसले नेतृत्व लिँदै देश र जनताको हितमा काम गरिरहेको तथ्य हामी सामु रहेको स्मरण गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा रहेको सरकार सम्पूर्ण जनजाति, भाषा, धर्म, लिंग, समुदाय, उत्पीडित वर्गको हो भन्ने प्रत्याभुति गराउने ढंगले काम अघि बढाउनु हुन अनुरोध गर्दछौँ ।’

नेपाली कांग्रेसको नेतृत्वमा केन्द्र सरकार गठन भएसँगै देश एवं बागमती प्रदेशका जनताले प्रधानमन्त्रीबाट धेरै आशा एवं भरोसा गरेका पत्रमा उल्लेख छ । 

  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १३:४५:५६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया