जसपाको ठाकुर पक्ष दुई मन्त्रालयका साथ सरकारमा सहभागी हुने

जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने भएको छ । ठाकुर पक्ष दुईवटा मन्त्रालय लिएर सरकारमा जाने भएको हो । 

बुधबार बिहान अध्यक्ष ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भएको भेटवार्तामा सो सहमति भएको हो । 

ठाकुर र देउवाबीचको सहमतिमा अर्का अध्यक्ष उपेन्द्र यादवको पनि सहमति रहेको बुझिएको छ । 

प्रधानमन्त्री देउवालाई जसपाको ठाकुर पक्षले पनि विश्वासको मत दिएको थियो । 

देउवाले साउन ३ गते प्रतिनिधिसभामा १६५ मतका साथ विश्वासको मत पाएका थिए । 

महन्थ पक्षले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा भने कुनै सहमति भएको छैन । 





  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १६:४१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया