टोकियो ओलम्पिक : महिला फुटबलमा इङ्ग्ल्यान्ड, ब्राजिल र स्विडेनको विजयी सुरुवात

जापानको टोकियोमा सुरु भएको ३२ औँ संस्करणको ग्रिस्मकालिन ओलम्पिक अन्तर्गत बुधबार भएको महिला फुटबलमा इङ्ग्ल्यान्ड, ब्राजिल र स्विडेनले विजयी सुरुवात गरेका छन् ।

सापोरो डोमे फुटबल मैदानमा भएको खेलमा इङ्ग्ल्यान्डले चिलीमाथि २-० को जित दर्ता ग¥यो । उसका लागि दुवै गोल एलन ह्वाइटले गरिन् ।

ह्वाइटले खेलको १८ औँ मिनेटमा लाउरेन हेम्पको पासलाई सदुपयोग गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाएकी थिइन् । ७३ औँ मिनेटमा लुसी ब्रोन्जको पासलाई सदुपयोग गर्दै ह्वाइटले नै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरिन् । 

मियागी फुटबल मैदानमा ब्राजिलले चीनमाथि ५-० को सहज जित दर्ता गर्यो । उसका लागि मार्टा डा सिल्भाले २, डेबिन्हा ओलीभेरा, एन्ड्रेसा एल्भेस र बेट्रिज जाओले १-१ गोल गरे । 

खेलको नवौँ मिनेटमा मार्टाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाइन् । २१ औँ मिनेटमा डेबिन्हाले टोलीको अग्रता दोब्बर बनाइन् । ७४ औँ मिनेटमा मार्टाले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरिन् । ८२ औँ मिनेटमा एन्ड्रेसाले पेनाल्टी मार्फत चाैँथो गोल गरिन् । 

८९ औँ मिनेटमा बेट्रिजले पाँचौँ गोल गरेपछि ब्राजिलले सहज जित दर्ता गरेको हो । टोकियो फुटबल मैदानमा स्विडेनले अमेरिकामाथि ३-० को जित दर्ता गर्यो । उसका लागि स्टिना ब्ल्याकस्टेनियसले २ र लिना हर्तिगले १ गोल गरे । 



ब्ल्याकस्टेनियसले २५ र ५४ औँ मिनेटमा गोल गर्दा हर्तिगले ७२ औँ मिनेटमा गोल गरिन् । ओलम्पिकको उद्घाटन जुलाई २३ मा हुने भए पनि महिला फुटबल लगायत केही खेल भने बुधबारदेखि नै सुरु भएका छन् । 



  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १७:२५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया