नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर विप्लवले देउवालाई भेटेका हुन् ।
नेकपाका नेताहरु प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड र सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई साथमा लिएर विप्लव बालुवाटार पुगेका हुन् ।
केपी शर्मा ओली हटेर नयाँ सरकार गठन भएसँगै विप्लवको राजनीतिक सक्रियता बढेको छ । उनी लगातार शीर्ष नेताहरुसँग भेटिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।