नेपाली कांग्रेका सांसद अमरेशकुमार सिंहले क्रियाशील सदस्यता विवादको विषयलाई लिएर सांसद पदबाटै राजीनामा दिने घुर्की लगाएका छन् ।
सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहले आफूले भन्दाभन्दै पनि क्रियाशील सदस्यातामा धाँधली भएका जनाउँदै राजीनामा दिन लागेका हुन् । फरकधारसँगको कुराकानीमा उनले राजीनामापत्र बोकेर बालुवाटार पुगेको जानकारी दिएका छन् ।
उनी प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार पुगेका हुन् । कांग्रेसका लागि रात–दिन काम गरेका कार्यकर्तालाई पाखा लगाइएको तर ठेकदार, व्यापारीलाई क्रियाशील सदस्यता दिइएको भन्दै उनले असन्तुष्टि पोखेका छन् ।
सांसद पदमा बसेर जनता र आफ्नै पार्टीका कार्यकर्तालाई न्याय दिन नसक्ने हो भने प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिनुको विकल्प नहुने उनको भनाइ छ ।
क्रियाशील सदस्यतामा आफूहरुमाथि अन्याय भएको भन्दै सर्लाहीका नेता–कार्यकर्ता केही दिनदेखि कांग्रेस कार्यालय, सानेपामा धर्नामा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।