प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी

केन्द्रमा सत्तारुढ बनेको गठबन्धनले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन् । केन्द्र सरकार परिवर्तन भएसँगै प्रदेश १ मा पनि सत्ता परिवर्तन गर्न गठबन्धनमा रहेका दलहरु आन्तरिक छलफल जुटेका हुन् । 

राई नेतृत्वको सरकार परिवर्तनका लागि यसअघि पनि अविश्वासको प्रस्ताव दर्ता भएको थियो । एमालेभित्रको विवाद समाधानका लागि कार्यदल गठन गरी वार्ता प्रक्रिया अघि बढेसँगै सो प्रस्ताव निष्क्रिय भएको थियो । 

एमालेको माधवकुमार नेपाल पक्षको सहयोगमा प्रदेश सरकारले बजेट पास गरिसकेको छ । बजेट पास भएपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् । 

केन्द्र सरकारलाई माधव पक्षले सहयोग गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुमाथि कारबाहीका लागि स्पष्टीकरण सोधेका छन् । यही सेरोफेरोमा प्रदेश सरकारविरुद्ध विपक्षी कांग्रेससहितका दलले आन्तरिक छलफल अघि बढाएका हुन् ।





  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १९:४४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया