प्रधानमन्त्री शेरबहादुर देउवाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र सरकारबीचको सहमति कार्यान्वयनमा प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री देउवालाई भेट्न बुधबार बालुवाटार पुगेका चन्दसहितका नेताहरूलाई देउवाले यस्तो वचन दिएका हुन् ।
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य धमेन्द्र बास्तोलालाई लिएर प्रधानमन्त्री देउवालाई भेट्न चन्द बालुवाटार गएका थिए । सो भेटमा प्रधानमन्त्री देउवाले सहमति कार्यान्वयनमा सकारात्मक प्रतिक्रिया दिएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चन्द नेतृत्वको नेकपासँग तीनबुँदे सहमति गरेको थियो । सहमतिअनुसार सो पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।