दही मथेर घिउ निस्किन्छ भने माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : एमाले अध्यक्ष ओली
फरकधार / ६ साउन, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएका छन् । 

बुधबारको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपालले दोस्रो अध्यक्ष मागेमा एकता बचाउनका लागि दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका हुन् ।

‘दही मथेर घिउ निस्किन्छ भने माधव नेपालजीलाई दोस्रो अध्यक्ष दिन म तयार छु,’ अध्यक्ष ओलीलाई उद्धृत गर्दै अध्यक्ष ओलीनिकट पोलिटब्युरो सदस्य एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले फरकधारलाई भने, पार्टी एकताका लागि अध्यक्षज्यूले अधिक लचकता देखाउनुभएको छ ।’  

आफू जति लचिलो भए पनि नेपाल पक्षले एकताप्रति इच्छा नदेखाएको र अनेक बहाना खोजेको ओलीको भनाइ थियो । कांग्रेस सभापति देउवालाई विश्वासको मत दिएर नेपालले धोका दिए पनि एकताका लागि आफू लचिलो बनेको ओलीले बताएका थिए ।   

१० बुँदे सहमति कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको उललेख गर्दै ओलीले बैठकमा भने, ‘हामी एकताका लागि हदैसम्म लचिलो छौं । अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी राख्छौँ ।’

एकता भएमा सबै संरचनाहरु २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने उनको भनाइ थियो । पार्टीबाट आफूहरुलाई निकाल्न केन्द्रीय कमिटीमा बहुमत खोजिएको भन्दै ओलीले त्यसो हुन नदिइने बताए ।

  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार २१:५२:२९,   अन्तिम अपडेट : साउन ६, २०७८ बुधबार २१:५३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया