नहरले बगाउँदा दुई किशोरको मृत्यु
फरकधार / ७ साउन, २०७८
फाइल तस्बिर

चितवनमा नहरमा डुबेर दुई किशोरको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अकिंत जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार  कार्यालय चितवनका अनुसार क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेका थिए । नहरमा खसेका साथीलाई बचाउन जाने क्रममा अकिंत पनि बगेका हुन् । यो बुधबार दिउँसो ४ बजे तिरको घटना हो । 

नहरमा बगेका उनीहरुलाई करिब २०० मिटर परबाट प्रहरीले उद्धार गरी अस्पताल लगेको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार ८:१:२३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया