आज पुष्पलाल स्मृति दिवस : कहाँ के कार्यक्रम हुँदैछन् ?
फरकधार / ७ साउन, २०७८

आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस हो । 

नेपालमा २००६ साल बैशाख १० पुष्पलालको अगुवाइमा ४ जना मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए ।  पुष्पलालको २०३५ साउन ७ गते निधन भएको थियो ।

उनको निधन भएको दिनको स्मृतिमा आज नेपालका विभिन्न कम्युनिस्ट घटकले विभिन्न कार्यक्रम गरी उनलाई सम्झने गर्छन् । 

पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा एमालेको माधव नेपाल समूहले कार्यक्रम आयोजना गरिसकेको छ भने ओली समूहले दिउँसो कार्यक्रम गर्ने योजना बनाएको छ । 

नेता नेपालको उपस्थितिमा उक्त खेमाले बिहीबार बिहानै कीर्तिपुरको चम्पादेवी स्थित पुष्पलाल पार्कमा कार्यक्रम गरिएको छ । 

नेपाल पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष समेत  हुन् । 

एमालेको ओली समूहले दिउँसो १ बजे ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति भवनमा कार्यक्र राखेको छ । 

 कार्यक्रममा अध्यक्ष केपी ओलीको पनि सहभागी हुनेछन् ।  

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण सहितको उपस्थितिमा एमालेको माधव नेपाल पक्षले अर्काे कार्यक्रम पनि गर्ने जानकारी दिएको छ । 

  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १०:५:२४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया