‘सक्किगोनी’मा फर्किन् रक्षा श्रेष्ठ

टेलिसिरियल ‘सक्किगोनी’की चर्चित कलाकार हुन्- रक्षा श्रेष्ठ । कुमार कट्टेलको जोडीका रूपमा निकै रुचाइएकी रक्षा लामो समय सिरियलमा देखा परिनन् । आमा बन्ने भएपछि रक्षाले सिरियलबाट लामो बिदा बसिन् ।

१५ महिने लामो बिदा सकेर रक्षा पुनः सिरियलमा फर्किएकी छिन् । आज साँझ प्रसारण हुने ‘सक्किगोनी’को श्रृंखलामा रक्षा पनि देखिने कलाकार कुमार कट्टेलले बताए ‘रक्षाजी सक्किगोनीमा फर्किनु भएको छ । उहाँको पुनरागमनलाई लिएर हामी अझै उत्साहित भएका छौँ ’, कट्टेलले भने ।

आमा बन्ने भएपछि केही समय अभिनयबाट ब्रेक लिएकी रक्षा दुई महिनाअघि मात्रै आमा बनेकी छिन् । उनले छोरीलाई जन्म दिएकी छिन् । छोरीको जन्मपछि दुई दिनअघि मात्रै एक म्युजिक भिडियो मार्फत् अभिनयमा फर्किसकेकी छिन् ।

लामो समयपछि सुटिङमा फर्किन पाउँदा उत्साहित भएकी रक्षाले भनिन्, ‘दर्शकमाझ पुनः आउन पाउँदा उत्साहित छु । तर पहिलाको जस्तो सुटिङमा मात्र ध्यान केन्द्रित नहुँदो रहेछ । सुटिङको समयमा पनि छोरीको चिन्ता भने लाग्दो रहेछ ।’
 





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १३:९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया