दैनिक भास्करको कार्यालयमा छापा, मिडियालाई डर देखाउन खोजिएको विपक्षीको आरोप

भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा बिहीबार विहान सेन्ट्रल बोर्ड अफ डायरेक्ट ट्याक्सेस (सिबिडिटी)ले छापा मारेको छ । सिबिडिटीकी प्रवक्ता सुरभी अहलूवालियाले बिबिसी हिन्दीलाई यो छापा मारिएको विषयमा पुष्टि गर्दै अहिले अपरेसन जारी रहेको बताएकी छिन् । उनले यस विषयमा आफूले थप भन्न नमिल्ने पनि बताएकी छिन् ।

दैनिक भास्करका नेसनल एडिटर लक्ष्मीप्रसाद पन्तले पनि आफ्नो अफिसमा केही प्रहरी आएको तर के विषयमा उनीहरुले छानबिन गर्न खोजेको हो भन्ने पुष्टि नभएको बताएका छन् ।

भारतको चर्चित पत्रिका दैनिक भास्करले कोरोना महामारीको समयमा निकै धेरै खोजमूलक समाचार प्रकाशन गरेको थियो । यसमा सरकारले कोभिड प्रवन्धन गर्दा गरेका गल्ती देखाउँदै प्रश्नहरु पनि गरिएको थियो ।

यता, मिडियामा छापा मारिएपछि विपक्षी दलका नेताहरुले सरकारले मिडियालाई तर्साउन खोजेको आरोप लगाएका छन् ।





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १३:१८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया