कीर्तिपुर पुगेर माधव नेपालले भने, ‘एमाले हामीले बनाएका हौँ तर अपमान सहेर बस्दैनौँ’
फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीको निर्माणका लागि आफूहरुले मुख्य योगदान गरेको भएपनि अहिले नेतृत्वमा पुगेकाहरुले अपमान गरिरहे सकेर नबस्ने बताएका छन् । 

नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसमा काठमाडौंको कीर्तिपुरस्थित चम्पादेवीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले एमालेमा अहिलेकै अवस्थामा अपमान भइरहे बसिरहन नसकिने धारणा राखे । 

एमालेलाई आफूहरुले निर्माण गरेको भएपनि अहिले नेतृत्वमा रहेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुमाथि अपमान गरिरहेको नेता नेपालको भनाइ छ । उनले भने, ‘आफैँले बनाएको घरमा अरुको कुकर्म र अपमान सहेर बस्न सकिँदैन ।’

नेता नेपालले कम्युनिस्ट पार्टीको शक्तिमा जो पुगे पनि सच्चा कम्युनिस्टलाई कुनै फरक नपर्ने बताए । सच्चा कम्युनिस्टहरु कसैको पनि दास बनेर बस्न नसक्ने भन्दै नेता नेपालले आफूहरु अब अपमान सहेर एमालेमा बसिरहन नसक्ने बताए । 

पुष्पलालको ४३ औँ स्मृति दिवसको कार्यक्रममा बोल्दै नेता नेपालले पुष्पलालपथले कहिल्यै पनि दास मानसिकता नस्वीकार्ने बताए । आफूहरु पुष्पलालपथमा रहेको भन्दै नेता नेपालले पार्टीमा विधि, विधान र नीतिको पक्षमा कहिल्यै सम्झौता नगर्ने पनि बताए । 

पुष्पलालपथले निरंकुशताको विरोध गर्ने भन्दै नेता नेपालले आफूहरु कहिल्यै पनि निरंकुशताको पक्षमा र बाटोमा नहिँड्ने पनि बताए । संस्कार बसाल्ने र अरुको मान गर्नेले मात्रै कम्युनिस्ट पार्टीमा सफलता पाउने नेपालले बताए । 



अहिलेको स्याल हुइँया र बाँदरे जुलुसले आफूलाई केही फर नपार्ने पनि नेता नेपालले बताए । उनले आफूविरुद्ध अध्यक्ष ओली समर्थितहरुले निकालेको बाँदरे जुलुसले केही फरक नपार्ने स्पष्ट पारे । 



  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १३:४७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया