जन्मदिनमा गायक अमृत क्षेत्रीले गरे विशेष छात्रवृत्तिकाे घोषणा

गायक अमृत क्षेत्रीले आफ्नो जन्मदिनमा विशेष छात्रवृत्तिको घोषणा गरेका छन् । उनले प्रतिभा र इच्छा भएका तर आर्थिक अवस्थाका कारण संगीत सिक्न नपाएका १५ जना बालबालिकालाई संगीत विशेष छात्रवृत्तिको घोषणा गरेका हुन् ।

ललितपुरमा सुरशाला म्युजिक एकेडेमी सञ्चालन गर्दै आएका क्षेत्रीले ७ देखि १६ वर्षसम्मका देशभरका १५ बालबालिकालाई जनही १ लाखका दरले छात्रवृत्ति प्रदान गर्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘करिब १९ वर्षे मेरो गायन तथा सांगीतिक यात्रासँगै १७ वर्षदेखि सुरशाला म्युजिक एकेडेमी मार्फत नेपाली बालबालिका तथा युवाहरूलाई संगीत शिक्षा प्रदान गर्दै फरक हिसाबले गायन प्रशिक्षण पनि गर्दै आएको छु । जुन नेपाली संगीतजगत र संगीत अनुरागी प्रतिको समर्पण हो र यो सदा रहिरहनेछ ।’

‘मेरो जन्मदिनको अवसर पारेर विगतका केही वर्षहरूजस्तै गायनमा प्रतिभा भएर पनि आर्थिक अवस्था कमजोर भएर वा विभिन्न कारण संगीत सिक्न नपाइ आफ्नो प्रतिभा अगाडि बढाउन नसकेका ७ देखि १६ वर्ष मुनिका १५ जना बालबालिकाहरूको लागि देशैभरबाट १ वर्षको गायन विषयको संगीत विशेष (प्रतिव्यक्तिको रु १/१ लाख बराबर) छात्रवृत्ति प्रदान गर्न चाहन्छु’, उनले थपे ।

क्षत्रीले सिक्न आएका प्रतिभाशाली बालबालिकालाई शास्त्रीय संगीत सिकाउनुका साथै गायनमा पनि अवसर दिने बताएका छन् । उनले इच्छुक प्रतिभावान बालबालिकालाई सम्पर्क गर्न पनि आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १६:३८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया