हिन्दू धर्ममाथि विवादित टिप्पणी गरेको भन्दै डा.बाबुराम भट्टराईको पुत्ला जलाइयो

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले हिन्दू धर्ममाथि विवादित टिप्पणी गरेको भन्दै प्रदेश-२ का अधिकांश सहरमा विरोध प्रदर्शनसहित उनको पुत्ला जलाइएको छ ।

जनकपुरधामसहित प्रदेशका विभिन्न सहरमा युवाहरूले विरोध गर्दै बिहीबार भट्टराईको पुत्ला जलाएका हुन् ।

जनकपुरधाममा हिन्दूवादी संगठन राष्ट्रिय एकता अभियान र सप्तरीको राजविराजमा विश्व हिन्दु परिषद् नेपालले भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुत्ला दहन गरेका छन् । उनीहरूले भट्टराईले हिन्दू धर्ममाथि प्रहार गरेको आरोप लगाएका छन् । 

राष्ट्रिय एकता अभियानका विनय यादवले हिन्दु धर्ममाथि प्रहार गर्दै सामाजिक सञ्जालमा गरेको टिप्पणी आपत्तिजनक रहेकोले आफूहरूले उनको पुत्ला दहन गरेको बताए ।

डा. भट्टराई हिन्दू धर्मविरुद्ध गतिविधिमा संलग्न रहे पनि पार्टीले कारबाही नगरेको भन्दै जसपा निकट विद्यार्थी संगठन वीरगञ्जका ११ जनाले राजीनामा समेत दिएका छन्।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत हिन्दू धर्ममाथि विवादित अभिव्यक्ति दिएका थिए ।



भट्टराईले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दुध विसर्जन गर्दै पूजापाठ गरेकाे तस्वीरप्रति टिप्पणी गर्दै समाजिक सञ्जालमा पोष्ट गरेपछि उनको चर्काे आलोचना भएको थियो ।



  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १८:२८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया