टोकियो ओलम्पिक पुरूष फुटबल : रिचार्लिसनको ह्याट्रिकमा ब्राजिलको जित

जापानको टोकियोमा सुरु भएको ३२औँ संस्करणको गृष्मकालीन ओलम्पिकअन्तर्गत बिहीबार भएको पुरुष फुटबलमा ब्राजिलले जर्मनीमाथि ४–२ को जित दर्ता गरेको छ  । 

योकोहामा अन्तर्राष्ट्रिय फुटबल मैदानमा ब्राजिललाई जित दिलाउन रिचार्लिसनले ह्याट्रिक पूरा गर्दा पौलिन्होले १ गोल गरे । जर्मनीका नदिम अमिरी र राग्नर एचेले १–१ गोल गरे ।

रिचार्लिसनले ७, २२ र ३० मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए । पहिलो हाफको अन्त्यतिर पाएको पेनाल्टीलाई म्याथ्युज कुन्हाले सदुपयोग गर्न नसक्दा ब्राजिलले अग्रतालाई फराकिलो बनाउने अवसर गुमायो । 

५७औँ मिनेटमा अमिरी र ८३औँ मिनेटमा एचेले गोल गरेपछि जर्मनीले लयमा फर्कने संकेत देखाएको थियो । तर, थप गरिएको समयमा पौलिन्होले गोल गर्दै ब्राजिलको जित पक्का गरे । 

६३औँ मिनेटमा म्याक्सिमिलियन अर्नान्डोले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि जर्मनी १० खेलाडीमा सीमित बनेको थियो ।

 बिहीबार नै भएका अन्य खेलमा अस्ट्रेलियाले अर्जेन्टिनालाई २–० ले पराजित गर्दा, आयोजक जापानले दक्षिण अफ्रिका तथा रोमिनियाले होन्डुरसमाथि समान १–० को जित हात पारे ।



ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा यु–२३ टिमले सहभागिता जनाउने गरेका छन् ।

ओलम्पिकको उद्घाटन जुलाई २३ (शुक्रबार) हुने भए पनि फुटबल र सफ्टबल भने बुधबारदेखि नै सुरु भएको हो । 



  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १९:४५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया