भारतमा कोरोना : थप ३५ हजार ३४२ संक्रमित, ४८३ मृत्यु

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप ३५ हजार ३४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ४८३ जना संक्रमितले ज्यान गुमाएका छन् । 

यसै गरी पछिल्लो २४ घन्टामा थप ३८ हजार ७४० जना संक्रमणमुक्त भएका छन् । भारतमा  ४ लाखभन्दा धेरै संक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म ३ करोड ५ लाख ६८ हजार ७९ जना संक्रमित निको भइसकेका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा भाइरसबाट ४ लाख १९ हजार ४७० जनाको ज्यान गइसकेको छ भने ३ करोड १२ लाख ९३ हजार ६२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युको हिसाबले तेस्रो स्थानमा रहेको छ ।

भारतमा हालसम्म कोरोना भाइरसविरुद्ध ४२ करोड ३४ लाख १७ हजार ३० डोज खोप लगाइसकिएको छ । 





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १०:४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया