ओलम्पिक खेल विश्वकै कठिन प्रतियोगिता मध्ये एक हो । प्रत्येक ४–४ वर्षमा आयोजना हुने यो प्रतियोगितामा उमेर र फिटनेस दुवैलाई निकै ध्यानमा राखिन्छ ।
सबै देशले शारीरिक तथा मानसिक रुपमा स्वस्थ खेलाडीलाई मात्र ओलम्पिकमा पठाउने गर्छन् । साथै खेलाडीको उमेरलाई पनि विशेष प्राथमिकतामा राखिन्छ ।
विश्वमा यस्ता खेलाडी पनि छन्, जसले उमेरलाई चुनौती दिँदै ओलम्पिकमा सहभागिता जनाएका छन् । तिनै मध्ये एक हुन्, अस्ट्रेलियन घोडसवार मेरी हन्ना ।
उमेरले ६६ वर्ष पार गरेकी हन्ना टोकियो ओलम्पिक खेल्ने सबैभन्दा पाको खेलाडी हुन् । करियरको सातौँ ओलम्पिक खेल्न लागेका हन्ना प्रतियोगिता खेल्ने दोस्रो सबैभन्दा पाको खेलाडी पनि बन्ने छिन् ।
सबैभन्दा पाको उमेरमा ओलम्पिक खेल्ने खेलाडीको कीर्तिमान ब्रिटिस खेलाडी लोर्न जोनस्टोनकोे नाममा छ । सन् १९७२ को ओलम्पिक खेल्दा लोर्नको उमेर ७० वर्षको थियो ।
४ वर्षको उमेरदेखि घोडसवारी सुरु गरेर टोकियो ओलम्पिकमा प्रतिस्पर्धामा उत्रिएकी हन्ना धेरै खेलाडीका लागि प्रेरणाको स्रोत बन्न सक्छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।