राप्रपाका नेताहरुसँग विप्लवको भेट : ३ बुँदे सहमति कार्यान्वयनमा राप्रपाको जोड

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुलाई भेटेका छन् । विप्लवले राप्रपाका अध्यक्ष कमल थापासहितका नेताहरुसँग शुक्रबार भेटेका हुन् ।

शुक्रबार बिहान भएको भेटवार्ताका क्रममा महासचिव विप्लवले तत्कालीन सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्धको बिरोध जनाउने अध्यक्ष थापा पहिलो व्यक्ति भएको प्रसंग उठाउँदै उनलाई धन्यबाद दिएको बताइएको छ । 

यसैगरी नेकपाका महासचिव विप्लवले केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वन र बन्दी रिहाइको लागि राप्रपा एक जिम्मेवार राजनीतिक दल भएकोले राजनीतिक वृत्तमा र संसदबाट समेत पहल गरिदिन आग्रह गरेका छन् । 

जवाफमा राप्रपाका अध्यक्ष कमल थापाले लोकतन्त्रमा कुनैपनि राजनीतिक दलमाथि प्रतिबन्ध लगाउनु नाजायज र निन्दनीय भएको बताउँदै तीन बुँदे सहमति कार्यान्वयन र बन्दी रिहाइको लागि सक्दो पहल गर्ने प्रतिबद्धता गरेका छन् । 





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १२:२०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया