कमल थापा र विप्लवबीच भेटवार्ता

राप्रपा अध्यक्ष कमल थापा र नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटघाट भएको छ । यी दुईबीच आज थापा निवासमा विहान भेटघाट भएको हो । 

यसको जानकारी स्वयं थापाले आफ्नो ट्विटरमा उल्लेख गरेका छन् । 

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा विचार विमर्श भएको पनि थापाले उल्लेख गरेका छन् । साथसाथै यसअघि खुला राजनीतिमा आउँदा विप्लव र सरकारबीच भएका ३ बुँदे सहमतिको विषयमा पनि यो भेटघाटमा चर्चा भएको थियो । 

थापाले राप्रपा यी तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने धारणामा रहेको पनि बताएका छन् ।





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १२:२१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया