दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भक्तपुरमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ५४ वर्षीय व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका–९ बोडे टिकनी बस्ने ५४ वर्षीय पूर्ण राजबाग रहेका छन् । ९ र १२ वर्षीया दुई बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
राजबागले मध्यपुर ठिमी नगरपालिका–९ स्थित निलबाराही जंगलमा मादक पदार्थ सेवन गरी ती बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
राजबागमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।