संसद अधिवेशन अन्त्यको हल्लाबीच ओलीले भेटे राष्ट्रपति भण्डारीलाई
फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा पुगेर ओलीले राष्ट्रपतिलाई भेटेका हुन् । 

शीतलनिवासमा राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ । ओलीले भण्डारीसँग पछिल्लो राजनीतिक विकासक्रमका विषयमा पनि छलफल गरेका छन् । 

एमाले फुटाउनका लागि प्रधानमन्त्री शेर बहादुर देउवाले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने तयारी गरिरहेको हल्लाका बीच ओलीले राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन् । 

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले संसद रोकेर अध्यादेश ल्याउन लागेको भाषण गरिरहेका बेला अ‍ोलीले राष्ट्रपति भण्डारीसँग भेटेका हुन् । 





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १५:८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया