अमेरिकी जानसेन खोप लगाएलगत्तै धादिङमा एक वृद्धको मृत्यु

धादिङमा कोरोना विरुद्धको अमेरिकी जानसेन खोप लगाएलगत्तै एक वृद्धको निधन भएको छ । अमेरिकी जोनसन एन्ड जोनसन कम्पनीको खोप लगाए लगत्तै वृद्धको निधन भएको हो । 

नीलकण्ठ नगरपालिकाको वडा नम्बर ७ स्थित सुनौलाबजारमा आज जानसेन खोप लगाएपछि ७८ वर्षीय नरबहादुर श्रेष्ठको निधन भएको हो । खोप लगाएर घर फर्किएका श्रेष्ठको खोप लगाएको करिब ४० मिनेट पछि निधन भएको हो । 

खोप लगाएर घर पुगेपछि बेहोस भएर ढलेका श्रेष्ठको उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा नै निधन भएको हो । 

श्रेष्ठको निधन खोपको कारणले वा अन्य केही कारणले भएको भन्ने विषयमा यसै भन्न नसकिने र त्यसका लागि अनुसन्धान गरिने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । 





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १६:३८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया