कमल थापाको अध्यक्षतामा स्थानीय तह निर्वाचन परिचालन समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष कमल थापाको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ । राप्रपाले शुक्रबार उक्त समिति गठन गरेको हो । 

थापा नेतृत्वको स्थानीय तह निर्वाचन परिचालन समितिमा सातै प्रदेशका पार्टी अध्यक्ष तथा उपाध्यक्षहरू पदेन सदस्य रहेका छन् । 

१४ पदेन सदस्यसँगै समितिमा धनबहादुर बुढा, भरतजंग उप्रेती, रविन्द्र प्रताप शाह, राजेश गिरी सदस्य रहेका छन् । 

समितिको सदस्य सचिवमा प्रा.डा.गीताभक्त जोशी चयन भएका छन् । राप्रपाले प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो । 





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १७:१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया