टोकियो ओलम्पिक : राष्ट्रिय कीर्तिमान बनाए पनि कल्पना छनोट चरणबाटै बाहिर

नेपाली सुटर कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । 

टोकियो ओलम्पिक अन्तर्गत शनिबार विहान ओसाका सुटिङ रेन्जमा ६१६.८ अंक जोड्दै कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

कल्पनाले आफ्नै नाममा रहेको ६१४.५ अकंको कीर्तिमान तोडिन् । उनले यो कीर्तिमान १३ औँ दक्षिण एसियाली खेलकुदमा कायम गरेकी थिइन् ।

कल्पनाले पहिलो सिरिजमा, १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१.०, चौथोमा १०४.१ पाँचौमा १०३.४ र छैटौँ तथा अन्तिम सिरिजमा १००.७ अंक जोडिन् ।

राष्ट्रिय कीर्तिमान बनाए पनि कल्पना फाइनल चरणमा भने पुग्न सकिनन् । ५० खेलाडी रहेको छनोट चरणमा ४६ औँ स्थानमा रहिन् ।

छनोट चरणका शीर्ष ८ टोलीले फाइनल चरणमा स्थान पक्का गरे । 



कल्पनाले वाइल्ड कार्डमार्फत् ओलम्पिकमा सहभागिता जनाउने अवसर प्राप्त गरेकी हुन् । 

टोकियो ओलम्पिकमा नेपालकोे तर्फबाट ५ खेलाडीले सहभागिता जनाएका छन् । शनिबार नै जुडोकी सोनिया भट्टले रुसीकी  डाेल्गाेभा इरिनासँग प्रतिस्पर्धा गर्नेछिन्।



 

 

  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार ७:४०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया