बालुवाटारमा देउवा-प्रचण्ड भेट, मन्त्रिपरिषद विस्तारबारे छलफल

प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेट भएको हो । 

प्रधानमन्त्री देउवालाई भेट्नका लागि प्रचण्ड शनिबार बिहान बालुवाटार पुगेका हुन् । भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल भएको छ । 

यही साताभित्र मन्त्रिपरिषद विस्तार गरी पूर्णता दिने विषयमा दुवै नेताहरु सहमत भएका बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्री देउवा र प्रचण्डबीच सरकारका प्राथमिकताका विषयमा पनि छलफल भएको छ । 

यसअघि, केपी शर्मा अ‍ोली नेतृत्वको सरकारले गरेका सबै नियुक्तिहरु खारेज गर्ने विषयमा पनि दुवै नेता सहमत भएका बताइएको छ । प्रधानमन्त्री देउवाले ओली सरकारले गरेका सबै नियुक्ति रद्द गर्ने गरी तयारी गरेका छन् । 





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १०:५९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया