मेरा ४९ जना सांसदलाई नै मन्त्री चाहिएको छ, मेरो दिमागमा आतंक पैदा भयो : प्रचण्ड
फरकधार / ९ साउन, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका ४९ जना सांसदलाई नै मन्त्री पद चाहिएको बताएका छन् । सबै सांसदले आफूलाई मन्त्री बनाउनका लागि दवाव दिएको बताए ।



नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको आठौँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै सांसदको मन्त्री बनाउनुपर्ने दवावले आफ्नो दिमागमा आतंक मच्चाएको बताए । 

प्रचण्डले सबैजना सांसदलाई मन्त्री चाहिएको अवस्थामा मिलाउनका लागि आफूलाई निक्कै गाह्रो भएको बताए । उनले सांसदहरुको दवावका कारण आफू मानसिक रुपमै तनावग्रस्त बन्न पुगेको खुलासा गरे । 



  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १२:१०:१९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया