अहिलेको सरकारमा माओवादीले बढीमा ७ जना मन्त्री पाउँछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले बढीमा सात जना मन्त्री बनाउने बताएका छन् । पार्टीका सबै सांसदले आफूलाई मन्त्री बनाउनका लागि दवाव दिए पनि पार्टीले जम्मा ७ जना मन्त्री पाउने उनले बताए । 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको आठौँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकारमा माओवादीले बढीमा ७ जना मन्त्री बनाउन पाउने बताए । 

प्रचण्डले सबैजना सांसदलाई मन्त्री चाहिएको भएपनि माओवादीले ७ जना बढीमा मन्त्री बनाउन सक्ने अवस्था रहेको बताए । सत्ता गठबन्धनमा रहेका दलहरुबीच भाग लगाउँदा माओवादीको भागमा बढीमा ७ मन्त्रालयल पर्ने उनले बताए । 





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १२:२६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया