कुरा आदर्शका गर्ने हाम्रो पार्टीका नेता मन्त्री नपाए नेतृत्वको सत्तोसराप गर्छन् : प्रचण्ड
फरकधार / ९ साउन, २०७८
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुमा गलत प्रवृत्ति हावी भएको बताएका छन् । नेताहरुमा कुरा आदर्श र नैतिकताका गर्ने तर आँखा पदमा लगाउने प्रवृत्ति रहेको उनले बताएका छन् । 



नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको आठौँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा रहेका नेताहरुमा पद र प्रतिष्ठाका लागि जेसुकै गर्ने गलत प्रवृत्ति रहेको बताए । 

अध्यक्ष प्रचण्डले अहिले आफ्नो पार्टीका सबै सांसद मन्त्रीको लागि आफूलाई दवाव दिने क्रममा रहेको खुलासा गर्दै नेताहरुले आदर्शको कुरा गर्न नछाडे पनि पदका लागि बार्गेनिङ र दवाव सिर्जना गराइरहेको बताए ।  

प्रचण्डले सांसदहरुले मन्त्री पद नपाएको खण्डमा आफूमाथि नैतिक आक्रमण गर्न पटि नपर्ने पनि बताए । उनले नेताहरुमा आफूले पद पाए नैतिकता र आदर्शको कुरा गर्ने तर पद नपाए नेतृत्वको आलोचना गर्ने प्रवृत्ति रहेको बताए । 



  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १२:४१:२५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया