विप्लवले भेटे महन्थ ठाकुरलाई

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका छन् । 

पछिल्लो समय निरन्तर राजनीतिक भेटघाटमा रहेका विप्लवले जसपा अध्यक्ष ठाकुरलाई भेटेका हुन् । ठाकुरलाई भेट्न विप्लव प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित पुगेका हुन् ।

ठाकुरसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टीले सरकारसँग गरेको सम्झौताको विषयमा छलफल भएको विप्लव निकट स्रोतले बताएको छ । 

केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन भएर शेर बहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेलगत्तै विप्लवले राजनीतिक भेटघाट बढाएका छन् । उनले ठूला पार्टीका शीर्ष नेताहरुलाई भेटिसकेका छन् । 





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १३:५९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया