टोकियो ओलम्पिकमा पदक जितेर मिराबाइले बनाइन् इतिहास

भारतीय वेटलिफ्टर मिराबाई चानुले टोकियो ओलम्पिकमा भारतका लागि पहिलो पदक जितेकी छिन् । यो उनले भारतका लागि बनाएको रेकर्ड पनि हो ।

चानुले ओलम्पिकमा वेटलिफ्टिङमा रजत पदक जितेकी हुन् । रजत पदक जित्ने उनी पहिलो भारतीय वेटलिफ्टर हुन् ।

उनले ४९ किलो समूहमा यो पदक जितेकी हुन् । यो उमेर समूहमा चीनकी होउ जहुईले स्वर्ण पदक तथा इन्डोनेसियाकी विन्डी असाहले कास्य पदक जितेका छन् ।

चानुले २ सय २ किलोको भार उठाएर भारलाई रजत पद दिलाएकी हुन् । 

मेडल जितेपछि सामाजिक सन्जालमा चानु छाएकी छिन् । उनलाई भारतीय प्रधानमन्त्री, राष्ट्रपति देखि भारतीय सामाजिक सन्जाल प्रयोगकर्ताले बधाई दिएका छन् ।





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १४:२६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया