साताको सेयरबजार : ३ हजार बिन्दु पार गर्दै नेप्से परिसूचकमा नयाँ रेकर्ड

पछिल्लो साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवै बढेका छन् । नयाँ आर्थिक वर्षको सुरुआतमा बजारमा हरियाली छाएसँगै सेयरबजारमा सकारात्मक सङ्केत देखिएको चर्चा भइरहेको छ । 

गएको साता नेप्से परिसूचक तीन हजार बिन्दु पार गरेको छ । यो हालसम्मकै शीर्ष स्थान हो । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नै सेयरबजारमा हरियाली छाएको थियो ।

यस साता धितोपत्र बजारमा चार दिनमात्रै सेयर कारोबार भयो । बुधबार सार्वजनिक बिदा परेकाले बजारमा कूल चार दिनमात्रै सेयरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

यस साता बजारमा कूल २२२ कम्पनीको १५ करोड ४० लाख छ हजार ७०२ कित्ता सेयर ४२ अर्ब ५१ करोड ३५ लाख ९६ हजार ९८४ रुपैयाँमा कारोबार भयो । 

साताभर माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ३०.९२ प्रतिशतले कमाएका थिए । यस्तै, लक्ष्मी इक्विटी फन्ड २७.३९, लक्ष्मी उन्नति कोष २४.२५, कृषि विकास बैंक २७.७६ र सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले २२.६२ प्रतिशतले कमाए । 

त्यसैगरी, राष्ट्रिय बीमा कम्पनीका संस्थापक सेयरधनीले ५.५५ प्रतिशतले गुमाउँदा गुर्खाज फाइनान्स ५.४४, सारथी नेपाल लघुवित्त ४.६६, एभरेष्ट इन्सुरेन्सको संस्थापक शेयर ४.५९ र मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ४.१९ प्रतिशतले गुमाए ।



साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ९७.२१ अङ्कले बढेर २९८०.६१ बिन्दुमा पुगेको थियो । उक्त दिन २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर ११ अर्ब ६८ करोड ८१ लाख २६ हजार ४९२ रुपैयाँमा कारोबार भयो ।  

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १३.९७ अङ्कले बढेर दुई हजार ९९४.५८ मा पुगेको थियो । कूल २१९ कम्पनीको तीन करोड ७५ लाख ७१ हजार ३५४ कित्ता सेयर ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ रुपैयाँमा खरीद बिक्री भए । 



साताको तेस्रो दिन मङ्गलबार नेप्से परिसूचक ओरालो लाग्यो । त्यस दिन नेप्से ९.०१ अङ्कले ओरालो लागेर २ हजार ९८५.५७ मा ओर्लेको थियो । त्यस दिन कूल २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता सेयर ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ रुपैयाँमा खरीद बिक्री भए । 

बुधबार सार्वजनिक बिदा भएकाले सेयर कारोबार भएन । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकले ३ हजार बिन्दु पार ग¥यो । त्यस दिन नेप्से परिसूचक १८.७५ बिन्दुले बढेर ३ हजार ४.३१ मा पुगेको थियो । 

बिहीबार कूल २२२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ७९ अर्ब १७ करोड ४७ लाख ३१ हजार ६७३ रुपैयाँ बराबर पुगेको छ ।

  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १६:१०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया