सत्तारुढ दल जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितको बैठक सुरु भएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षको सदस्यहरुको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा सुरु भएको हो ।
जसपामा आधिकारिकता विवाद चलिरहेको अवस्थामा अध्यक्ष यादव समूहको बैठक बसेको हो । आजको बैठकमा विभिन्न ५ एजेन्डामा छलफल हुने उपेन्द्र समूहका नेता तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राइनले जानकारी दिएका छन् ।
जसपाको बैठकमा समसामयिक राजनीतिक विषयमा केन्द्रित भएर छलफल हुने राइनले बताए । यस्तै, बैठकमा संसदीय दलको विधान, निर्वाचन समिति बनाउने विषयमा पनि छलफल हुनेछ ।
जसपा (उपेन्द्र समूह)को बैठकका एजेन्डाहरु :-
१,समसामयिक राजनीतिक सम्बन्धमा
२,संसदीय दलको विधान अनुमोदन सम्बन्धमा
३,संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन सम्बन्धमा
४,प्रशिक्षण अभिमुखीकरण सम्बन्धमा
५,अदालत र निर्वाचन आयोगमा मुद्दा बारे अख्तियारी दिने सम्बन्धमा
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।