नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री राम बहादुर थापा बादललाई भेटेका छन् ।
जनयुद्धका सहयात्री बादललाई भेट्न विप्लव बादलको निवासमा पुगेका हुन् । पार्टीका नेतासहित विप्लव बादल निवास पुगेका हुन् ।
बादललाई भेट्नका लागि विप्लवसँग नेकपा प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड र सन्तोष बुढामगर पनि बादल निवास पुगेका थिए ।
माओवादी जनयुद्धको सँगै नेतृत्व गरेका बादल र विप्लव माओवादीबाट मोहन वैद्य किरण अलग हुँदा उनीसँगै गएका थिए । तर, अहिले विप्लव नेकपाका महासचिव छन् भने बादल माओवादी केन्द्रमै फर्किएर फेरि एमालेमा पुगिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।