नेकपामा विवाद चुलिएपछि सिङ्गापुरबाट प्रचण्ड फर्किँदै

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि केही दिनअघि सिङ्गापुर गएका थिए । तय भएअनुसार उनी अझै केही दिन सिङ्गापुरमा नै बस्ने योजना थियो । तर, यता नेपालमा पार्टीमा असन्तुष्टिका स्वर झन् चर्किन थालेपछि उनी आजै नेपाल फर्किन लागेका छन् । प्रचण्ड १० असोजमा सिङ्गापुर गएका थिए ।

प्रचण्डनिकट एक नेताका अनुसार प्रचण्डले पत्नी सीताको उपचारका लागि अझ केही दिन सिङ्गापुरमा नै बस्नु पर्ने थियो । तर, यता पार्टीमा विवाद बढेको, अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि बाहिर रहेकाले, माधवकुमार नेपाल पनि चीन गएकाले प्रचण्डले तत्काल नेपाल फर्किने निर्णय गरेको उनी निकट नेताले बताए । 

त्यसो त, असन्तुष्टिका विषयमा बुझ्न माधवकुमार नेपाललाई सोमबार बिहान नै प्रचण्डले सिङ्गापुरबाट नै फोन गरेका थिए । 

ओली र प्रचण्ड दुवै नेपालमा नहुँदा आफूले कार्यवाहकको जिम्मेवारी नपाएको, पार्टीको तल्ला कमिटी एकीकरणमा आफ्नो समूहलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि पोख्दै माधवकुमार नेपालले आफूनिकट स्थायी समिति सदस्यको भेटघाट र छलफल गरेका थिए ।
 
 






  • प्रकाशित मिति : असोज १५, २०७५ साेमबार १७:२२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया