मन्त्रिपरिषद् विस्तारबारे माधव नेपालसहित गठबन्धन दलसँग देउवाको छलफल

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा रहेका दलका शीर्ष नेतासँग परामर्श गरेका छन् । 

प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग परामर्श गरेका हुन्। 

बालुवाटारमा मन्त्रिपरिषद् विस्तार र सरकार सञ्चालनबारे परामर्श भएको प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री देउवासँगै नेपाली कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुईजना मन्त्री भइसकेका छन् । थप मन्त्री नियुक्त गर्नका लागि उनले छलफल अघि बढाएका हुन् । 

राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नहुने, बाहिरै बसेर सरकारलाई समर्थन गर्ने बताएको छ।





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १९:५९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया