कुर्सी राजनीतिः बालुवाटारमा प्रधानमन्त्रीका लागि छुट्याइएको कुर्सीमा किन बसेनन् देउवा ?

बालुवाटार प्रधानमन्त्रीको निवास । विभिन्न समयमा यहाँ राजनीतिक कार्यक्रम तथा बैठकहरु गर्नु पर्ने हुन्छ । अनि बैठकमा प्रधानमन्त्री सहभागी हुने भए पछि प्रधानमन्त्रीका लागि छुट्टै कुर्सीको व्यवस्था गरिएको हुन्छ ।

तर, शनिबार साँझ सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई छुट्याइएको कुर्सीमा बसेनन् । उनी एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा जसपाका अध्यक्ष उपेन्द्र यादवसँगै एकै लहरमा बसेका थिए, प्रधानमन्त्री देउवा ।

‘यो उहाँले हामी समान हौँ भन्ने भाव व्यक्त गर्न खोज्नु भएको हो, अरु केही होइन,’ देउवा सचिवालयका एक सदस्यले फरकधारलाई भने, ‘यसमा कुनै राजनीति देखिनु हुँदैन ।’





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार २१:२०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया