इलाममा जंगली च्याउ खाँदा बाबु-छोराको मृत्यु
प्रतिकात्मक तस्वीर

इलाममा जंगली च्याउ खाँदा बाबु-छोराको मृत्यु भएको छ । 

जिल्लाको फाकफोकथुम गाउँपालिका-१ का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको जंगली च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । 

थापाका अनुसार गत साउन ३ गते घर नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा दुवैजना बिरामी परेका थिए । 

उपचारका लागि दुवैजनालाई विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार ७:१०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया