मोरङको हचुवा खोलामा डुबेका युवकको शव फेला

मोरङको हचुवा खोलामा डुबेका युवकको शव फेला परेको छ ।

भोजपुर घर भइ जिल्लाको केराबारी-३ मा बस्दै आएका २४ वर्षीय किरण श्रेष्ठको शव फेला परेको हो । 

प्रहरीका अनुसार श्रेष्ठ शनिबार दिउँसो ४ बजेतिर खोलाको पुलमुनिको दहमा पौडी खेल्न भनी गएका थिए । सोही क्रममा उनी डुबेर बेपत्ता भएका थिए ।

प्रहरीले शनिबार राति नै स्थानीयको सहयोगमा दहबाट श्रेष्ठको शव निकालेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । 

शव परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार ८:३३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया