भारतमा थप ३९ हजार ७४२ संक्रमित, ५३५ मृत्यु

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप ३९ हजार ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा संक्रमित हुनेको संख्या ३ करोड १३ लाख ७१ हजार ९०१ पुगेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५३५ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा भाइरसबाट ज्यान गुमाउनेको संख्या ४ लाख २० हजार ५५१ पुगेको छ । 

यही अवधिमा ३९ हजार ९७२ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिले ४ लाख ८ हजार २१२ सक्रिय संक्रमित रहेका छन् ।

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ । 

भारतमा अहिलेसम्म भाइरसविरुद्ध ४५ करोड ३७ लाखभन्दा धेरै डोज खोप दिइसकिएको छ ।





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार १०:१९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया