टोकियो ओलम्पिक : चेस कालिसले दिलाए अमेरिकालाई पहिलो स्वर्ण

जापानमा जारी टोकियो ओलम्पिकको तेस्रो दिन आइतबार अमेरिकाले स्वर्णको खाता खोलेको छ । 

पुरुष व्यक्तिगत ४०० मिटर मिड्लेमा पौडीबाज चेस कालिसले ४ मिनेट ०९.४२ सेकेन्डको समय निकाल्दै पहिलो स्वर्ण हात पारेका हुन् । 

यो स्पर्धामा अमेरिकाकै जे लिदरल्यान्डले रजत र अस्ट्रेलियाका बे्रन्डन स्मिथले कास्य पदक हात पारे । 

महिला व्यक्तिगत ४०० मिटर मिड्लेमा आयोजक जापानकी पौडीबाज युई ओहशीले ४ मिनेट ३२.०८ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन् ।

यो स्पर्धामा अमेरिकी पौडीबाज इमा वियन्टले रजत र हेली फ्लिकइन्गरले कास्य पदक हात पारे ।

पुरुष ४०० मिटर फ्रि-स्टाइलमा ट्युनिसियन पौडिबाज अहमद हाफनओइले ३ मिनेट ४३.३६ सेकेन्डको समय निकाल्दै स्वर्ण हात पारे । 



यस स्पर्धामा अस्ट्रेलियाका ज्याक म्याकउग्लिनले रजत र अमेरिकाका काइरन स्मिथले कास्य पदक हात पारे ।  



  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार ११:५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया