'जनताले प्रतिपक्षमा राखेको कांग्रेसलाई सत्ता सुम्पनेका ठूला कुरा ?'

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले ठूला कुरा गरेको भन्दै सत्ता गठबन्धनमा रहेका एमालेको माधव पक्ष र नेकपा माअ‍ोवादी केन्द्रमाथि कटाक्ष गरेका छन् । 

मुख्यमन्त्री पोखरेलले जनताले सरकार चलाउनका लागि छानेका दलहरु आफूमा दरार ल्याएर आफ्नै पार्टीको सरकार ढालेर अहिले सत्ता गठबन्धनमा बसेको तर उनीहरुले नै ठूला कुरा गरेको भन्दै कटाक्ष गरेका हुन् । 

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत व्यक्ति नतोकेरै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालप्रति कटाक्ष गरेका हुन् । 

पोखरेलले प्रचण्ड र नेपालले तत्कालीन नेकपाले प्रयोग गरेको घोषणापत्र र जनतामा गरेको बाचा भुलेर आफ्नै पार्टीको सरकार ढालेको आरोप लगाएका हुन् । जनताले प्रतिपक्षमा बस भनेको कांग्रेसलाई सत्ता सुम्पिएर उनीहरुले नै ठूला कुरा गरिरहेको उनको भनाइ छ । 

पोखरेलले भनेका छन्, ‘चुनावी घोषणापत्र र जनताबीच गरिएको बाचा ​कबोल बिर्सिएर जनताले प्रतिपक्षमा राखेको नेकाँलाई सत्ता सुम्पने ठूला नेताका कुरा नै ठूला !?'





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार ११:४७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया