कोरोनाका कारण रोकिएको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ पुनः सुरु हुने भएको छ । सोमबारबाट नयाँ भाग प्रसारण गर्ने तयारीमा रहेको कार्यक्रमका निर्देशक तथा कलाकार जितु नेपालले जानकारी दिए ।
‘मुन्द्रेको कमेडी क्लब’को नयाँ भाग छायांकन अघिल्लै साताबाट सुरु गरिएको थियो । निषेधाज्ञाका कारण नयाँ भाग छायांकन हुन नपाएपछि ‘ मुन्द्रेको कमेडी क्लब’को पुरानै भाग प्रसारण हुँदै आएका थिए ।
नयाँ भाग प्रसारण गर्न पनि कठिनाइ हरु अझैं रहेको नेपालले बताए । धेरै कुरा आफूले चाहेर पनि गर्न नसक्ने बाध्यता रहेको उनको भनाइ छ ।
उनले फेसबुकमा लेखेका छन्, ‘सानो देश छ, सानो व्यापार छ । त्यसमा पनि कोरोनाले सबै क्षेत्र थिलोथिलो बनाएको छ ।’ उनले अगाडि लेखेका छन्, ‘र पनि हामी जसोतसो अगाडि बढ्ने कोसिस गर्दैछौँ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।