दैनिक भास्करले ७०० करोडको आय लुकाएको भारतीय अर्थ मन्त्रालयकाे दाबी

भारतीय अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै दैनिक भास्कर समूहले छ वर्षको अवधिमा ७०० करोडको आय लुकाएको दावी गरेकाे छ ।

आयकर विभागले गत बिहीबार भारतको प्रमुख मिडियामध्येको एक दैनिक भास्करको अफिसमा छापा मारेको थियो ।

छापा मारेसँगै सरकारको निकै आलोचना भइरहेको छ । सरकार विरोधी साँचो खबर छापेको कारणले छापा मारेको बताइएको छ ।

अर्थ मन्त्रालयका अनुसार दैनिक भास्कर समूहको हर साल ६०० करोड रुपैयाँभन्दा धेरैको कारोबार रहेको छ । 

यस समूहकाे मिडियासँगै बिजुली, कपडा, रियल स्टेट लगायतका अन्य क्षेत्रमा पनि कारोबार रहेकाे छ ।

अर्थ मन्त्रालयको विज्ञप्तिमा समूहका कर्मचारीमार्फत् विभिन्न कम्पनी संचालन गरिरहेको उल्लेख गरिएको छ । 



७०० करोडभन्दा पनि धेरै आय हुनसक्ने भन्दै अर्थ मन्त्रालयले अनुसन्धान गरिरहेको भारतीय मिडियाले जनाएका छन् । 



  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार १३:९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया