नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका प्रमुख प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राजीनामा दिने भएका छन् । उनले एन्फामा आफूले राजीनामा बुझाउन गइरहेको बताएका छन् ।
अखिल नेपाल फुटबल संघ, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको पनि खुलाएका छन् । वरिष्ठ उपाध्यक्ष नेम्वाङले आफूलाई नाटक देखाइरहेको भन्दै उनले राजीनामा दिन लागेका हुन् ।
अलमुताइरीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूले नेपालको प्रमुख प्रशिक्षक पदबाट राजीनामा दिन गइरहेको बताएका छन् । उनले पछिल्लो ३ सातामा वरिष्ठ उपाध्यक्ष नेम्वाङले आफूलाई नाटक देखाइरहेको बताएका छन् ।
अलमुताइरीले आफ्नो स्टाटसमा वरिष्ठ उपाध्यक्ष नेम्वाङलाई मेन्सन गरेका छन् । उनले लेखेका छन्, ‘म आशा गर्दछु, तपाई खुसी हुनुहुन्छ अहिले पंकज नेम्वाङ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।