किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ
सांकेतिक तस्बिर

सामूहिक बलात्कारको आरोपमा तनहुँमा ३ जना पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका हुन् । 

प्रहरीले किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-३ चाम्बास बस्ने २४ वर्षीय अशोक गुरुङ लगायत २ जनालाई शनिबार दिउँसो पक्राउ गरेको जनाएको छ । 

ती किशोरीलाई गुरुङ लगायत ५ जनाले सामूहिक जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले गुरुङ समेत २ जनालाई पक्राउ गरेको हो । 

घटनामा संलग्न हाल फरार ३ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार १३:३०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया