जापानमा जारी टोकियो ओलम्पिकमा पौडी विधा अन्तर्गत महिला ४ गुणा १०० मिटर फ्रि स्टाइलमा अस्ट्रेलियाले विश्व कीर्तिमानसहित स्वर्ण पदक हात पारेको छ ।
उसले आइतबार टोकियो एक्वाटिक्स सेन्टरमा ३ मिनेट २९.६९ सकेन्डको समय निकाल्दै आफ्नै नाममा रहेको ३ मिनेट ३०.०५ सेकेन्डको कीर्तिमान तोडेको हो।
यो स्पर्धामा क्यानडाले रजत र अमेरिकाले कास्य पदक हात पार्याे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।