उपत्यकामा १० दिनका लागि निषेधाज्ञा थपियो

काठमाडौं उपत्यकामा थप १० दिनका लागि निषेधाज्ञा जारी भएको छ । 

यसअघि थपिएको निषेधाज्ञाको समयावधि आइतबार राति १२ बजेदेखि सकिँदै छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा बढाएको हो । 

निषेधाज्ञाका नियम यसअघिकै अनुसार छन् । यसमा कुनै परिवर्तन नभएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले बताएका छन् । 

वैशाख १६ गतेबाट जारी निषेधाज्ञा केही खुकुलो हुँदै आगामी १० दिनसम्म जारी हुने भएको हो । 





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार १७:२४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया