टोकियो ओलम्पिकअन्तर्गत आइबार भएको पुरुष फुटबलमा अर्जेन्टिना र फ्रान्सले जित दर्ता गरेका छन् ।
पहिलो जित दर्ता गर्ने क्रममा अर्जेन्टिनाले इजिप्टमाथि १–० को कठिन जित दर्ता गर्यो । खेलको ५२औँ मिनेटमा फाकुन्डो मेडिनाले गरेको एक मात्र गोल अर्जेन्टिनालाई ३ अंक दिलाउन पर्याप्त बन्यो ।
अर्जेन्टिनाले पहिलो खेलमा अस्ट्रेलियासँग २–० को पराजय बेहोर्दा इजिप्टले स्पेनसँग गोलरिहत बराबरी खेलेको थियो ।
फ्रान्सले दक्षिण अफ्रिकामाथि४–३ को रोमाञ्चक जित दर्ता गर्यो । उसको जितमा अन्द्रे पिएरे जिग्नसले ह्याट्रिक पूरा गर्दा तेजी साभानिरले १ गोल गरे ।
दक्षिण अफ्रिकाका कोबामेलो कोडिसाङ, एभिडेन्स माक्गोपा र तेबोहो मोकोइनाले समान १–१ गोल गरे ।
खेलको ५३औँ मिनेटमा कोडिसाङले गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाएका थिए । ५७औँ मिनेटमा जिग्नसले फ्रान्सलाई बराबरीमा ल्याए । ७२औँ मिनेटमा माक्गोपाले गोल गर्दा दक्षिण अफ्रिका २–१ ले अघि बढ्यो ।
७८औँ मिनेटमा जिग्नसले नै फ्रान्सलाई २–२ को बराबरीमा ल्याए । ८१औँ मिनेटमा मोकेइनाले दक्षिण अफ्रिकालाई ३–२ को अग्रता दिलाए ।
८६औँ जिग्नले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्दा फ्रान्स ३–३ को बराबरीमा आयो । थप गरिएको समयमा साभानिरले गोल गर्दै टोलीलाई पहिलो जित दिलाए ।
फ्रान्स पहिलो खेलमा मेक्सिकोसँग ४–१ र दक्षिण अफ्रिका जापानसँग १–० ले पराजित भएका थिए ।
आइतबार नै भएका अन्य खेलमा होन्डुरसले न्युजिल्यान्डलाई ३–२ ले पराजित गर्दा ब्राजिल र आइभोरी कोस्टले गोलरहित बराबरी खेलेका छन् ।
ओलम्पिक पुरुष फुटबलमा यु–२३ टिमको सहभागिता रहने गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।