विवेकशील साझाले माग्यो झलनाथ खनाललाई उपलब्ध गराएको उपचार खर्च विवरण

विवेकशील साझा पार्टीले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सरकारले उपलब्ध गराएको उपचार खर्चको विवरण माग गरेको छ ।

विवेकशील साझा पार्टीका सचिवालय सदस्य पुकार बम, संघीय समिति सदस्य हरिश भट्ट र बागमती प्रदेश सञ्चार विभाग प्रमुख रन्जन कार्कीले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुगेर पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि सरकारले निकासा गरेको रकमको विवरण माग गरेका हुन् । 

सरकारले कानुनी प्रावधान मिचेर पूर्वप्रधानमन्त्रीको विदेशमा गरिएको उपचार खर्च उपलब्ध गराएको थियो । विवेकशील पार्टीले सरकारले कुन कानुनअनुसार उपचार खर्च दिएको हो भनेर खुलाउन माग गरेको छ । 

पूर्वप्रधानमन्त्री खनालका लागि निकासा भएको भनिएको रकम जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० अनुसार गैरकानुनी भएको विवेकशील साझा पार्टीको ठहर छ । त्यसलाई रोक्न माग गर्दै सो पार्टीले निवेदन पनि दिएको छ ।

जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भनिएको छ ।

विवेकशील साझाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा भएको चियापान, खाजा र नास्तामा भएको खर्च विवरण पनि माग गरेको छ ।





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार १९:३३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया